दोर्दी खोला जलविद्युतकाे हकप्रदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित



काठमाडाैं, ८ वैशाख । दोर्दी खोला जलविद्युत लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले चैत्र १९ गतेदेखि १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यकाे १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर खुलाएकाे थियाे ।

कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेकाे हाे । १ कित्ता बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद शेयर खुलाएकाे हाे ।

कम्पनीले हकप्रद निष्काशनकाे प्रयोजनका लागि फागुन १५ गते बुकक्लोज गरेको थियो। फागुन १३ गतेसम्म नेप्सेमा शेयरकाे काराेबार गरेर कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

शेयरमा लगानीका लागि बिक्री प्रबन्धक, सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।

यस्तै, सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट अनि मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्ने भएकाे छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।