सुनमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

-



     सफल आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित



काठमाडाैं, ८ बैशाख । साताकाे सुनचाँँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सुनचाादी बजारमा सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला दिनहरूमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ।

भाउ बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गएकाे बैशाख ४ गते सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

महासंघले यसदिन चाँदीको मूल्य स्थिर रहेको जनाएकाे छ। चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ। अघिल्लाे दिन पनि चाँदी ताेलाकाे १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे थियाे ।