
काठमाडौं, ८ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा राम्राे सुधार भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ ४३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेकाे छ ।
बैंकले गरेकाे यो नाफा गत वर्षको यसै अवधिकाे भन्दा ६१.१९ प्रतिशतले बढी हाे । गएकाे वर्ष साेहि अवधिमा बैंकले रूपैयाँ २६ करोड ९३ लाख खुद नाफा गरेकाे थियो ।
खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेकाे छ । जाे रूपैयाँ १ अर्ब ४२ करोड रुपैयाँ रहेकाे छ । गत वर्ष याे रूपैयाँ १ अर्ब ४४ करोड थियो । सञ्चालन नाफा ६०.७४ प्रतिशतले बढेर ६२ करोड १८ लाख पुगेकाे छ ।
बैंकको खराब कर्जा १.१३ प्रतिशत बढेर ४.९७ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसाले बढेर १६ रुपैयाँ २८ पैसा भएको छ । नेटवर्थ १५२.५६ रुपैयाँ रहेकाे छ ।
चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड छ । जगेडामा १ अर्ब ६२ करोड रुपैयाँ रहेकाे छ भने वितरणयोग्य नाफा २४ करोड २ लाख रहेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




