केन्द्र-वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त

-



     सफल आवाज    
     वैशाख १७ गते २०८२ मा प्रकाशित


FILE -Olaf Scholz, German Chancellor of the Social Democratic Party (SPD), left, and Friedrich Merz, right, leader of the Christian Democratic Union (CDU), are pictured in tv studio ahead of a debate in Berlin, Germany, Feb. 19, 2025. (Fabrizio Bensch/Pool Photo via AP, File)


बर्लिन, १७ वैशाख -जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ ।

यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ ।

निवर्तमान चान्सलर ओलाफ स्कोल्जको पार्टी मेर्जको केन्द्र–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) र यसको बाभेरियन भगिनी पार्टी, क्रिश्चियन सोसल युनियन (सिएसयु) द्वारा नेतृत्व गरिएको गठबन्धनमा सामेल हुनेछ ।

क्रिश्चियन सोसल युनियन पार्टीले फेब्रुअरीमा जर्मनीको चुनावमा २८ दशमलव पाँच मतका साथ जित हासिल गरेको थियो ।

सोसल डेमोक्रेट्सले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब परिणाम भोग्नुपरेको थियो र १६ दशमलव चार प्रतिशत मतका साथ तेस्रो स्थानमा रह्यो । तर कन्जर्भेटिभहरूलाई दोस्रो स्थानमा रहेको अति–दक्षिणपन्थी, आप्रवासन विरोधी अल्टरनेटिभ फर जर्मनी बिना संसदीय बहुमत भेला गर्न उनीहरूको समर्थन चाहिन्छ ।

सोसल डेमोक्रेट्सले गत दुई हप्तामा मतदान गरेका आफ्ना तीन लाख ५८ हजारभन्दा बढी सदस्यको अनलाइन मतपत्रमा अप्रिलको सुरुमा भएको गठबन्धन सम्झौतालाई राख्यो । पार्टीले बुधबार उनीहरूका ५६ प्रतिशत सदस्यले मतदान गरेको र तीमध्ये ८४ दशमलव छ प्रतिशतले आफ्नो पक्षमा मतदान गरेको घोषणा गर्‍यो ।

यस सम्झौताले सोसल डेमोक्रेट्सलाई अन्य मन्त्रालयका साथै महत्त्वपूर्ण वित्त, न्याय र रक्षा मन्त्रालयहरू प्रदान गर्दछ । सिडियु र सिएसयुले पहिले नै सम्झौता स्वीकृत गरिसकेका छन् ।