
बेइजिङ, २२ वैशाख । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ ।
सरकारी प्रसारक सिसिटिभीका अनुसार यात्रुहरू बोकेका डुङ्गाहरू आइतबार दिउँसो गुइझोउ प्रान्तको किआनक्सी शहरको एक नदीमा पल्टिँदा ८४ जना पानीमा खसेका थिए । सोमबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको, ७० जनालाई अस्पतालमा भर्ना गरिएको र चार जना सकुशल रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । एकजना बेपत्ता छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको खोजी र उद्धार कार्य तथा उपचारमा ‘सबै प्रयास’ गर्न आग्रह गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सीले पर्यटक आकर्षणहरू र अन्य ठूला सार्वजनिक स्थलहरूमा सुरक्षा उपायहरू सुदृढ पार्ने महत्त्वलाई पनि जोड दिएको एजेन्सीले बताएको छ ।
उपप्रधानमन्त्री झाङ गुओचिङलाई उद्धार कार्यको निरीक्षण गर्न घटनास्थलमा पठाइएको सरकारी राज्य सञ्चारमाध्यमले उल्लेख गरेको छ । अनुसन्धानले डुङ्गाहरूमा यात्रुहरूको अधिक सङ्ख्या नभएको पत्ता लगाएको सिसिटिभीले जनाएको छ ।
आइतबारको घटना मध्य चीनमा डुङ्गा ठोक्किएर ११ जनाको ज्यान गएको घटना भएको झण्डै दुई महिनापछि आएको हो । हुनान प्रान्तमा एउटा यात्रु डुङ्गा औद्योगिक जहाजमा ठोक्किएपछि १९ जना पानीमा खसेपछि दुर्घटना भएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




