नेप्से ९.६२ अंकले घट्यो, ७ अर्ब ६३ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख २२ गते २०८२ मा प्रकाशित



काठमाडौं, २२ वैशाख । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा भइरहेकाे गिरावटले लगानीकर्ताहरु पर्ख र हेरकाे अवश्थामा पुगेका छन्।

यसदिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.२४ अंकले घटेर ४४०.२५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ ।

कुल ३१९ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयरको कारोबारबाट ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी राधि विद्युत कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७६ करोड ५ लाख ८१ हजार २२० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।