
A TV screen shows a file image of North Korea's missile launch during a news program at Seoul Railway Station in Seoul, South Korea, Thursday, May 8, 2025. (AP Photo/Ahn Young-joon)
सियोल, २५ वैशाख । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको शृङखलामा थप गरेको छ ।
दक्षिण कोरियाली सैन्य अधिकारीहरूले यी परीक्षणहरू युक्रेनमा रूससँगको युद्धका बेला उत्तरको हतियार निर्यातसँग सम्बन्धित छन् कि छैनन् भन्ने विश्लेषण गरिरहेका छन् ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बिहान करिब ८ः१० देखि ९ः२० बजे (स्थानयि समय) सम्म पूर्वी बन्दरगाह सहर वोनसान वरिपरिको क्षेत्रबाट धेरै क्षेप्यास्त्र प्रक्षेपण गरिएका थिए । तीमध्ये सबैभन्दा टाढाको दूरी करिब आठ सय किलोमिटर थियो । यसले तत्काल प्रक्षेपित गरिएका मिसाइलहरूको सङ्ख्या पुष्टि गरेन ।
ज्वाइन्ट चिफ्सका प्रवक्ता ली सुङ जुनले एक ब्रिफिङमा उत्तर कोरियाली प्रक्षेपणहरू सम्भवतः उसले निर्यात गर्न योजना बनाएका हतियारहरूको प्रदर्शन परीक्षण गर्न खोजिएको हुन सक्छ, किनभने उत्तर कोरियाले युक्रेनविरुद्ध रूसको युद्धमा सैन्य उपकरण र सैनिकहरू पठाइरहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




