
लन्डन, २९ वैशाख । युक्रेनका सहयोगीहरूले मस्कोलाई युद्धविराम स्वीकार गर्न माग गरेको दुई दिनपछि बेलायतले सोमबार युरोपेली मन्त्रीहरूलाई ‘रूसी आक्रामकतालाई रोक्न’ मा ‘महत्त्वपूर्ण’ वार्ताका लागि स्वागत गर्नेछ ।
फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू तथाकथित ‘वाइमर+’ समूहको बैठकमा विदेशमन्त्री डेभिड लामीसँग लन्डनमा सामेल हुनेछन् ।
युक्रेन र रुसबीचको युद्ध र सामान्यतया राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युरोपेली सुरक्षाप्रति अमेरिकी नीतिलाई परिवर्तन गरेको प्रतिक्रियामा यो गठबन्धन फेब्रुअरीमा गठन गरिएको थियो ।
फ्रान्स, जर्मनी, पोल्यान्ड र बेलायतका नेताहरूले शनिबार किएभको भ्रमण गरेपछि यो बैठक भएको हो । किएभमा उहाँहरूले रूसलाई शान्ति वार्ताका लागि अनुमति दिन बिना शर्त ३० दिनको युद्धविराममा सहमत हुन आह्वान गर्नुभएको थियो । उहाँहरूका अनुसार त्यो अमेरिकाले समर्थन गरेको प्रस्ताव थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको थियो तर ३० दिनको युद्धविरामका लागि युरोपेली आह्वानको जवाफ दिएका थिएनन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




