साेमबार सुनकाे भाउ बढ्याे, चाँदीकाे स्थिर

-



     सफल आवाज    
     जेठ ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढको हो । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि चाँदीकाे भाउ स्थिर रहेकाे छ । गत शुक्रबार कायम भएकाे भाउ नै काराेबार भइरहेकाे छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा काराेबार भइरहेकाे हाे ।