
जेनेभा, ६ जेेठ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ ।
यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित प्रतिक्रिया र अन्तर्राष्ट्रिय अव्यवस्थालाई रोक्नु हो ।
डब्लुएचओको निर्णय गर्ने वार्षिक सभाले मङ्गलबार जेनेभाको मुख्यालयमा उक्त योजना स्वीकृत गरेको हो ।
“यो एक ऐतिहासिक दिन हो”, डब्लुएचओ प्रमुख टेड्रोस अधानम घेब्रेयसले मतदानपछि भने।
धेरै चरणको तनावपूर्ण वार्तापछि गत महिना सहमतिमा सम्झौताको पाठलाई अन्तिम रूप दिइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट आफ्नो देश फिर्ता लिने निर्णय गरेपछि संयुक्त राज्य अमेरिका ती वार्ताहरूबाट बाहिरिएको थियो । अमेरिका बाहिरिने प्रक्रिया पूरा हुन एक वर्ष लाग्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




