
काठमाडौं, ९ जेठ । सान्भि इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो।
कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरिएकाे हाे ।
कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता विदेशमा रोजगारमा गएकाहरुकाे लागि निष्काशन गरेको थियो।
कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएकाे थियाे । ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँ गरिसकेकाे छ ।
शेयरमा घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यसमा जेठ १३ गतेसम्म आवेदन दिन पाइनेछ।साे अवधिसम्म पूरा आवेदन नपरेमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले सेबाेनबाट सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट र ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सिकनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



