सुन तोलामा रु ७ सयले घट्यो, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     जेठ १२ गते २०८२ मा प्रकाशित




काठमाडौं, १२ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले घटेको जनाएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ ।

यसदिन छापावाल सुन रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउ आज स्थिर रहेर कारोबार भईरहेको छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा नै कारोबार भएको थियो ।