
सियोल, १९ जेठ । उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप र एसियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले गरिएको बताएको छ ।
दुई देशले हालका वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई समर्थन गर्न हतियार र सेनाहरू उपलब्ध गराएको छ । दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेनले देशको गुप्तचर सेवालाई उद्धृत गर्दै रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका र हजारौँ घाइते भएको बताए।
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले शुक्रबार ती सम्बन्धलाई ‘गैरकानूनी’ भन्दै निन्दा गरेको छ । जवाफमा प्योङयाङले मस्कोसँगको आफ्नो सहयोगको उद्देश्य ‘राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सुरक्षा चासोको रक्षा गर्ने’ साथै “युरेसियाली क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने’ रहेको बताएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




