बिहिबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर   

-



     सफल आवाज    
     जेठ २२ गते २०८२ मा प्रकाशित



काठमाडौं, २२ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको हाे भने चाँदीको भाउ स्थिर रहेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ रु एक लाख ९३ हजार ७०० कायम भएको छ । सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको भाउ तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।