शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     जेठ २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ शुक्रबारकै कायम गरिएको जनाएको छ । चाँदीमा रुपैयाँ ७५ ले बढेको छ ।

यसदिन छापावाल सुन तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ७५ ले बढेर तोलाको २ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेका छ । यसअघि बिहिबार सेतो धातु चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।