युनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

-



     सफल आवाज    
     जेठ २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सूचना प्रकाशित गरेर जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनका लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बताइएकाे छ। इच्छुक उम्मेद्वारले ताेकिएकाे आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।