
काठमाडौं, २६ जेठ । नेपाल लाइफ इन्स्योरेन्सकाे शेयरमूल्य साेमबार नेप्सेमा समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे छ ।
इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजनपछी शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। शेयरमूल्य अघिल्लाे दिनकाे काराेबारकाे अन्तिम मूल्यकाे आधारमा समायोजन गरेर नयाँ ताेकिएको हो। अघिल्लो दिन अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा थियो।
इन्स्योरेन्सकाे आठौँ साधारण सभा असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा डाकिएकाे छ । सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभामा १२ प्रतिशत बोनस शेयर वितरण तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्त र निजकाे पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




