हबिब बैंकले हिमालयन बैंकको २ कराेड ८० लाख कित्ता संस्थापक शेयर बेच्दै

-



     सफल आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० जेठ । पाकिस्तानको हबिब बैंक नेपालबाट बाहिरिन लागेकाे छ । बैंकले आफ्नो स्वामित्वको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गर्ने भएपछि बाहिरन लागेको हाे ।

बैंकले आफ्नो स्वामित्वकाे २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्री गर्दैछ । यसमा हिमालयन बैंकका संस्थापक सशेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न चाहने हिमालयन बैंकका को संस्थापक हरुले आजदेखि ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमा आलुले लिन चाहेकाे शेयर संख्या खुलाएर आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ११२.८० रुपैयाँ राखेकाे छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री गरिने भएकाे छ ।