ट्रेड टावरकाे आइपीओ बाँडफाँट सम्पन्न, कतिले पाए ?

-



     सफल आवाज    
     असार १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आइपीओ आज बाँडफाँट गरेकाे छ । साे शेयर बिक्री प्रबन्धक रहेकाे लक्ष्मी सनराइज क्यापिटलकाे कार्यालयमा बिहान बाँडफाँट गरिकाे हाे ।

कम्पनीले गएकाे जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ खुलाएकाे थियो।

कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरकाे माग गरेका थिए । उनीहरुमध्ये १४ हजार ८९७ आवेदन रद्द भएकाे क्यापिटलले जनाएकाे छ । २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत गरिएकाे थियाे ।

शेरमा मागभन्दा बढी आवेदन परेकाेले गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हाे । यसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको छ।