
काठमाडौं, ३ असार । पूर्व अर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वमन्त्री शर्माले हिमाल र पर्वतीय क्षेत्रलाई बजारीकरण गर्न सके मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शर्माले भने, “हामीसँग अथाह प्राकृतिक साधनस्रोत छ । हिमाल हाम्रा गौरव हुन्, यो देशको पुँजी पनि हो । प्राकृतिक रुपमा मनमोहक दृश्यहरु पनि छन् । तथापि जलवायु सङ्कटले विश्वव्यापी समस्या खडा भएको छ ।”
राससले आफ्ना कामको एउटा संश्लेषणका रुपमा तस्बिर प्रदर्शनी गरेकामा प्रशंसा गर्दै पूर्वऊर्जा, जलस्रोत सिँचाइमन्त्री शर्माले भने, “प्रदर्शनीमा जलवायु सङ्कट र प्राकृतिक सौन्दर्य, संस्कृतिसँग सम्बन्धित अत्यन्त दुर्लभ र महत्वपूर्ण तस्बिर छन् । प्रदर्शनीले धेरै क्षेत्रलाई एक ठाउँमा प्रस्तुत गर्न सफल भएको छ ।”
प्रदर्शनीले यस क्षेत्रमा काम गर्नेलाई मात्र प्रोत्साहन गर्ने नभई ती ठाउँ घुम्न नपाएकालाई त्यहाँ जान प्रेरित गर्ने उल्लेख गर्दै उनले प्रदर्शनीले मुलुकमा पर्यटकीय गन्तव्यहरुको थप विस्तार गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरे। नेता शर्माले भने, “आमसञ्चार क्षेत्रमा राससले गरेका काम र ऐतिहासिक घटनाक्रमको प्रदर्शनी केन्द्र भएको छ, यो राष्ट्रकै लागि पुँजी हो ।”
सो अवसरमा पूर्वमन्त्री शर्माले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अवलोकन गरे। यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उनलाई स्वागत गर्दै हिमाल र पर्वतीय क्षेत्रका मनमोहक दृश्यलाई एकै थलोबाट हेर्न, जान्न र बुझ्न सकियोस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको बताए।
गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




