प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     असार ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ असार । प्रभु क्यापिटलले जेठ २३ गतेदेखि बिक्रीमा ल्याएकाे सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईकाे लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

याे एउटा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको स्किम हो। क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा रुपैयाँ २५ करोड बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएकाे हाे ।

स्किमको कुल आकार ४ करोड इकाई रहेको छ। यसबाट ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि रहेकाे छ। यसमा २ करोड ५० लाख कित्ता इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिमा सबै इकाई बिक्री नभएमा असार ६ गतेसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।