
काठमाडौं, १९ असार । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असार २० गते बुकक्लोज गरिने भएकाे छ ।
शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका उनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न याेग्य हुनेछन्।
इन्स्योरेन्सका अनुसार असार ३० गते, सोमबार, होटल ईच्छा, सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाइएको छ। सो सभा दिउँसो १ बजे बाेलाइएकाे हाे ।
सभाबाट ५.१० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पारित गरिने भएकाे छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रसताव पारिने गर्नेछ ।
यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको चयन गरिने भएकेा छ । १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने र लेखापरीक्षककाे नियुक्त ताथा पारीश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




