
सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र बिक्री खुलाउने बताएकाे छ। बैंकले १० वर्षे अवधि रहेको एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गर्ने भएकाे हाे । यसकाे वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहने जनाइएकाे छ ।
प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता बिक्रीमा ल्याइने भएकाे छ । यसमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिनेछ । बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ।
सर्वसाधारणका लागि रहेकाे ऋणपत्रबाट ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछ । ऋणपत्र खरिदका लागि असार ३२ गतेसम्म समयावधि रहेकाे छ । साे अवधिमा पूरा आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




