
काठमाडौं, २० असार । नेपाल इन्स्योरेन्सले ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने जनाएकाे छ । कम्पनीले साउन ६ गतेदेखि १०ः३.४७८३ रेसियाेमा १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर खुलाउने भएकाे हाे ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबरको हकप्रद सेयर खुलाइनेछ । यसैकाे प्रयाेजनकाे लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेकाे थियाे । यसअनुसार जेठ २९ गतेसम्म शेयर काराेबार गरेर कायम भएका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने भएका छन् । हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन पाइनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेकाे छ । श्सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्ने भएकाे छ ।
शेयरधनीहरुले बिक्री प्रबन्धककाे कार्यालय र शाखा कार्यालयहरु तथा सि आस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।
हकप्रद शेयरकाे निस्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेकाे छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




