
साताको शेयर काराेबार हुने पहिलाे दिन आइतबार आज नेपाली शेयर बजारमा सकरात्मक माहाेल देखिएकाे छ । नेप्सेमा सामान्य बृद्धि भएकाे छ भने काराेबार थाेरै घटेपनि सन्ताेषजनक रहेकाे छ ।
आज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ ले घट्दा सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले घटेको छ।
गएकाे बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर भएकाेमा यसदिन केहि घटेकाे छ । २४९ कम्पनीहरुकाे २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ९ अर्ब ५० करोड रुपैयाँमा काराेबार भएको नेप्सेले जनाएकाे छ ।
नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । शेयरमूल्य ६९ रुपैयाँ ४० पैसा बढेर ७६३ रुपैयाँ ६० पैसामा कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । १२ प्रतिशत गुडविल फाइन्स डिवेञ्चरको मूल्य ८.८७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.५८ प्रतिशतले घटेको छ । उता सिन्धु विकास बैंकको शेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।
कारोबारकाे आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनी अगाडी रहेकाे छ । कम्पनीको ४९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर काराेबार भएकाे भएको छ । लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर ३७ करोड ८१ लाख रुपैयाँमा काराेबार भएकाे छ । हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख भन्दा बढीको शेयर किनबेच भएको छ ।
१३ उपसमूहहरुमध्ये ७ उपसमूहको शेयरकाे भाउ बढेको छ । ६ वटा उपसमूहको भाउ घटेको छ। सबैभन्दा अन्य समूहकाे ३.०६ प्रतिशतले बढेको छ। वित्त उपसमूहको २.४९ प्रतिशतले बढेको छ भने बैंकिङ, लगानी, उत्पादन तथा प्रशाेधन, व्यापार उपसमूहको देखिएकाे छ । विकास बैंक, हाईड्रोपावर र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेको छ।










काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




