
काठमाडौं, २५ असार । एशियन लाइफ इन्स्योरेन्सकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुला गरिएकाे छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याइकाे हाे । इन्स्योरेन्सका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर खुलाइएकाे हो।
इन्स्योरेन्सले १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता रेसियाेमा हकप्रद बिक्री गर्न लागेको जनाएकाे छ । यस अनुसार १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्काशन गरिएकाे छ।
शेयर निष्काशनकाे प्रयोजनका लागि इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरिसकेकाे छ । जेठ १४ गतेसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएका शेयरधनीहरुले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यसमा साउन १३ गतेसम्म आवेदन दिन पाइने छ।
लगानी गर्न चाहने शेयरधनीहरुले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन पाउनेछन्।
यस्तै सेबाेनबाट अनुमति लिएका सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिने छ।
इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। शेयर बिक्रीपछि चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्ने भएकाे छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




