
काठमाडौं, २५ असार । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स ४.७६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.७६ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंकले बढेको नेप्सेले जनाएकाे छ।
बुधबार काराेबार रकममा पनि केहि सुधार भएकाे छ । मंगलबार साढे ६ अर्ब रुपैयाँकाे काराेबार भएकाेमा यसदिन ३१६ कम्पनीहरुकाे ६२ हजार ८८४ पटकको कारोबार हुँदा रुपैयाँ ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार बराबरको १ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच भएकाे छ।
बरुण हाइड्रोपावरको शेयरमूल्य ६.२१ प्रतिशतले बढेको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढीले बृद्धि भएकाे छ । अन्यकाे शेयरमूल्य वृद्धि रेसियाे ४ प्रतिशत तल रहेकाे छ। कारोबारमा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ४.४१ प्रतिशतले नेप्सेले जनाएकाे छ।
कारोबारकाे आधारमा राधी विद्युत कम्पनी सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको रुपैयाँ ४६ करोड ७१ लाख बराबरको कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे ३६ करोड बढीको र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रुपैयाँ ३५ करोड बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ११ वटा उपसमूहहरुमा हरियाे लागेकाे छ । बाँकी रहेका २ वटामा राताे लागेकाे छ । बैंकिङ्ग उपसमूहको शेयरमूल्य १.६८ प्रतिशतले बढेकाे छ। लगानी उपसमूहको १ प्रतिशत बढीले बढेको छ । वित्त तथा म्युचुअल फण्ड उपसमूहको शेयरमूल्य सामान्य घटेको छ ।










काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




