
काठमाडौं, २६ असार । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चुनिएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाबाट पाण्डेकाे नेतृत्वमा समिति चयन गरिएकाे हाे ।
पाण्डे वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको विधान अनुसार उनी स्वतः अध्यक्षमा चयन भएका हुन् । उनी एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका अनुभवि व्यक्ति हुन् । २०७५ सालदेखि पाण्डे परिसंघको उपाध्यक्ष थिए ।
पाण्डे सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने अनुभव बटुलेका पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक रहेकाछन्।
वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता चयन भएका छन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




