
काठमाडौं, २७ असार । हिम स्टार उर्जा कम्पनीकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असार २४ गतेदेखि शेयर बिक्री खुला गरेको थियाे ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेको थियाे ।
कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति लिएकाे थियो। जसमा १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे थियाे ।
कर्मचारीहरुका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे छ।
शेयरमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यसका लागि असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिमा आवेदन पूरा नपरेमा साउन ६ गतेसम्म आवेदन दिन पाइनेछ।
लगानीकर्ताले सबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट तथा मेराे शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




