बुधबार सुनचाँदीको भाउ घट्यो

-



     सफल आवाज    
     असार ३२ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३२ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा घटको छ । यसदिन सुन प्रतितोला रुपैयाँ १३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएकाे छ । चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।