
काठमाडौं, ३२ असार । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं स्थापना दिवसको उपलक्ष्यमा आयाेजित रक्तदानमा ३२ युनिट रक्त संकलन भएकाे छ ।
सोमबार तनहुँकाे बन्दिपुर गाउँपालिका–१, डुम्रे स्थित सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे केन्द्रीय कार्यालयको प्राङ्गणमा “तपाईंको एक थोपा रगत, कसैको जीवन बच्न सक्छ” भन्ने मूल नाराकासाथ आयोजना गरिएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराए।
सहभागिलाई मूल समितिका संयोजक तथा नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले स्वागत गरेका थिए । नेपाल रेडक्रस सोसाइटि, प्रादेशिक रक्त सञ्चार केन्द्र, भरतपुर चितवनका प्रमुख तथा विशेष अतिथि सुमी पौडेलले रक्तदाताहरुलाई ब्लड ब्याग प्रदान गरी रक्तदान उद्घाटन गरिएकाे थियाे ।
प्रमुख अतिथि तथा बन्दिपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले साे अवसरमा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्दै संस्था तथा कर्मचारीहरुको उत्तरोतर प्रगतिको कामना गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले मायाको चिनो प्रदान गरे ।
रक्तदाताहरुलाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले प्रमाणपत्र वितरण गरे भने नेपाल रेडक्रस सोसाइटि, प्रादेशिक रक्त सञ्चार केन्द्र, भरतपुर, चितवनका कार्यालय प्रमुख सुमी पौडेललाई प्रशंसा–पत्र प्रदान गरे।
सभाध्यक्ष लक्ष्मण पौडेलले रक्तदाताहरु तथा सहभागिलाई आगामी दिनहरुमा पनि संस्थाले गर्ने कार्यक्रमहरुमा सकारात्मक सहयाेगकाे अपेक्षा व्यक्त गरे ।

नवौं स्थापना दिवसको उपलक्ष्यमा देशका सबै शाखामा विभन्न कार्यक्रम आयाेजना
संस्थाले नवौं स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला, बरियारपुर मुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको ब्यहोरा संस्थाका बरियारपुर मुकाम असुली तथा अनुगमन मुकाम अधिकृत बृज किशोर सहनीले जानकारी गराए। उक्त रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका १ डुम्रे र बारा जिल्लाको बरियापुरमा गरी संस्थाले ७३ युनिट रगत संकलन गरेको छ ।
संस्था स्थापना दिवसको उपलक्ष्यमा संस्थाका विभिन्न शाखाहरुले समेत विभिन्न रचनात्मक तथा सामाजिक क्रियाकलापहरु सञ्चालन गरेको संस्था जानकारी गराएकाे छ ।
दुधे असुली तथा अनुगमन मुकाम अन्तर्गत बुधबारे शाखाले नवौं स्थापना दिवसको अवसरमा सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले संस्थामा आवद्ध महिला सदस्यहरुलाई पञ्चे बाजा खरिदका लागिका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बुधबारे शाखा अन्तर्गत समूह नं. ५१ की जीवनकला दाहालको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अग्रज बुद्धिजिवि समाजसेवी दिल बहादुर कटुवालको प्रमुख आतिथ्य, दुधे असुली तथा अनुगमन मुकामका अनुगमन अधिकृत कुशल पोख्रेलको आतिथ्यता, शाखाका शाखा प्रमुख, कर्मचारीहरु, पञ्चेबाजा बजाउने समूह नं. ५१ का महिला ग्राहक सदस्यहरु तथा अभिभावकहरु, स्थानीय बुद्धिजिवि जेष्ठ नागरिकहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
रौतहट जिल्ला स्थित सम्मनपुर शाखाले अनाथालयमा २५ जना बालबच्चाहरुलाई खाद्यान्न वितरण गरेको छ । पर्सा जिल्ला स्थित बहुअरी शाखाले मन्दिरमा सिलिङ्ग पंखा वितरण गरेको छ । नुवाकोट जिल्ला स्थित छहरे शाखाले स्थानीय देवीघाट स्थित जेष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
संस्थाको महोत्तरी जिल्ला स्थित लोहारपट्टि शाखाले ४ वटा मन्दिरमा सिलिङ्ग पंखाहरु प्रदान गरेको छ । रौतहट जिल्ला स्थित राजपुर शाखाले ४ वटा मन्दिरमा सिलिङ्ग पंखाहरु प्रदान गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला स्थित चोरमारा शाखाले आफ्नो ग्राहक सदस्यहरुलाई फलफूलका विरुवा वितरण गरेकाे छ । गोरखा घैरुङ्ग शाखाले ग्राहक सदस्यहरुलाई फलफूलका विरुवाहरु वितरण गरेको छ । कपिलवस्तु इमिलिया शाखाले ग्राहक सदस्यहरुलाई फलफूलको विरुवा वितरण गरेको छ ।
धादिङ जिल्ला स्थित धादिङ्गबेशी शाखाले स्थानीय प्रहरी चौकीमा प्रहरीहरुलाई आवश्यक सामग्री प्रदान गरेको छ । कास्की जिल्ला स्थित खोलाको छेऊ शाखाले सडक किनारामा ट्राफिक सचेतना बोर्ड राखेको छ । रुपन्देही जिल्ला स्थित नयाँमिल शाखाले अनाथालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
बाँके जिल्ला स्थित मदनचौक शाखाले बैजनाथपुर स्थित गाउँको स्थानीय विद्यालयमा कक्षा ४ र कक्षा ५ मा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई स्टेशनरी तथा झोला वितरण गरेको छ । कैलाली जिल्ला स्थित दुर्गौली शाखाले स्थानीय हेल्थपोष्टमा स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाको नवौं स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. १ केन्द्रीय कार्यालय रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म ७ प्रदेशहरुका ४५ जिल्लाहरुमा १५५ शाखा कार्यालय, १४ असुली तथा अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी १७१ वटा कार्यालयहरुको सञ्जालबाट ५७४ जना कर्मचारीहरुले १ लाख ७८ हजार ७ सय ७८ घरधुरीहरुमा सेवा विस्तार गरेका छन् । लगानीमा रही रहेको कर्जा रु. ९ अर्ब ९५ करोड रहेको र बचत २ अर्ब ६६ करोड रहेको जनाइएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




