वर्षको अन्तिम दिन नेप्सेमा हरियाली-कारोबार रकम चार महिना यताकै उच्च

-



     सफल आवाज    
     असार ३२ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३२ असार । साताको शेयर कारोबार हुने चौतथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । आर्थिक वर्ष २०८१/८२ को दिन शेयर बजारकाे हिरयाली वातवरणले सकारात्मक सन्देश दिएकाे छ ।

चालु आर्थिक वर्षको अन्तिम दिनमा अन्य दिनहरुको तुलनामा कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्सेमा देखिएको हरियाली माहोलले लगानीकर्ताहरुमा उत्साह जगाएको अपेक्षा पनि गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.५३ अंकले बढेर २७९७.७१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.६७ अंकले बढेर ४९०.०७ विन्दुमा रहेको छ ।

यसदिन कुल ३३० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ । यो कारोबार बितेका ४ कहिना यताकै उच्च कारोबार हो ।

कारोबारको आधारमा सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड ८७ लाख २६ हजार ६९४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै १० प्रतिशत केबिएल डिबेन्चर २०९० को शेयरमूल्य बढेको छ । सो शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ७.८७ प्रतिशतले घटेको छ ।