प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ साउन । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बिहिबार बुकक्लोज गर्ने भएकाे छ ।

शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

इन्स्योरेन्सले साउन २३ गते २९ औँ साधारण सभा बाेलाएकाे छ । सभा इन्स्योरेन्सको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ।

सभाबाट १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । बोनस शेयर वितरणपछि ४७ प्रतिशत हकप्रद शेयर जारी गरिने भएकाे छ ।

साथै सभाले नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।