
काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष सुरु भएकाे पहिलो बिहिबार नेप्सेमा उच्च अंककाे बृद्धि भएकाे छ । बुधबार पनि नेप्से उकालाेकै यात्रामा गएकाे थियाे । नेप्सेकाे उकालाेकाे यात्राले लगानीकर्ताहर उत्साही भएका छन्।
नेप्से परिसूचक ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ११.२२ अंक बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ।
बिहिबार काराेबार रकममा पनि बृद्धि भएकाे छ । बुधबार १४ अर्ब ३ करोडको काराेबार भएकाे शेयर बजारमा बिहिबार ३११ कम्पनीहरुकाे १ लाख ४१ हजार ४३४ पटकको कारोबार भएकाे छ । याे काराेबारबाट १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर किनबेच भएकाे छ।
बिहिबारकाे काराेबार रकम बितेका ११ महिनायताकै धेरै हाे । गएकाे भदाै ११ मा साढे १८ अर्बभन्दा बढीको कारोबार भएको थियो त्यसपछिकाे याे धेरै काराेबार भएकाे हाे ।
तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.५८ प्रतिशत घटेको छ।
काराेबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढी र राधी विद्युत कम्पनीको साढे ५६ करोड बढीकाे काराेबार भएकाे छ।
१३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको धेरै ५.०९ प्रतिशतले बढेको छ। जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जनाएकाे छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




