
काठमाडौं, ३ असार । रिलायन्स स्पिनिङ मिलका प्रवन्ध निर्देशक अक्षय गोल्यान सीआइपी अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमीहरुको तर्फबाट सबैभन्दा धेरै वस्तु निर्यात गरेकोमा गोल्यान सम्मानित भएका हुन् ।
३६ वर्षीय गोल्यान ले ५६ वर्षको विरासत बोकेको गोल्यान ग्रुपलाई तेस्रो पुस्ताका रुपमा नेतृत्व गरिरहेका छन् । कार्यकुशलताकै कारण उनले छोटो समयमा समूहलाई विभन्न उपलव्धिहरु हासिल गराउन सफल भएका छन् ।
उनले गएका १२ वर्षदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालि रहेका छन् । कृषि, होटल, ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायतका विभिन्न उद्योगहरूमा उनले गरिरहेका छन् ।
रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर, गोल्यान होटल्स, हायात सेन्ट्रिक काठमाडौंमा उनकाे नेतृत्व रहेकाे छ । प्योर इनर्जीको अध्यक्ष पनि रहेका गाेल्यान जैविक र प्राकृतिक उत्पादन उपलब्ध गराउने माटो ब्रान्ड कम्पनीका निर्देशक पनि हुन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




