
काठमाडौं, ३ साउन । नबिल बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) द्वारा आयोजित “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” पाएकाे छ। उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि बैंकले आफ्नो प्रतिष्ठित अवार्ड पाउन सफल भएकाे हाे।
आर्थिक वर्ष २०८०/८१ मा प्रकाशित भएकाे वार्षिक प्रतिवेदनहरूको आधारमा आईक्यानले बैंककाे वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनको मूल्यांकन गरेर साेही आधारमा अवार्ड दिएकाे हो। यसअघि नबिल बैंकले आव २०७९/८० मा पनि ‘गोल्ड अवार्ड’ पाउन सफल भएकाे थियो।
काठमाडौंमा आयोजित अवार्ड वितरण कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले बैंकका वित्त प्रमुख सन्दीप बाबु पौडेललाई साे अवार्ड प्रदान गरेका हुन्। बैंकले अवार्ड पाएकाे वार्षिक प्रतिवेदन अब दक्षिण एसियाली स्तरकाे ‘साफा बिपिए अवार्ड’ का लागि मनोनित हुने भएकाे छ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हाे । यसका २५ लाखभन्दा बढी सेवाग्राहीहरू रहेका छन् । देशभरि २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिइरहेकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




