
काठमाडौं, ४ साउन। हिमालयन बैंकले असार ३२ गतेदेखि निष्काशन गरेकाे फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन बाँकी रहेको छ।
कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेकाे हाे। कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसबाट ७२.९९ प्रतिशत संस्थापक समूहको रहेको छ । २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनका लागि बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गरेकाे हो।
एफपीओमा घटीम १० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइने छ। यसमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। ताेकिएकाे अविधमा पूरा आवेदन साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ।
सर्वसाधारणले सेबाेनबाट अनुमति पाएका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ। एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्ने भएकाे छ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




