राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२-जारी

-



     सफल आवाज    
     श्रावण ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न लाभांश वितरणसम्बन्धी मार्गदर्शन, ‘२०८२’ जारी गरेको छ। बैंकले अनुमति प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि साे मार्गदर्शन जारी गरेको हाे ।

भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको पनि व्यवस्था गरी मुनाफाको निश्चित हिस्सा जम्मा गर्नुपर्नेछ, जसलाई पूर्वाधार विस्तार र राष्ट्र बैंकले तोकेका अन्य कोषहरूमा खर्च गर्न सकिनेछ।

यस मार्गदर्शनका उद्देश्यहरुमा मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने ।

अनुमतिपत्रप्राप्त संस्थाको कारोबारको निरन्तर अभिबृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने रहेका छन्। व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने र समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिबृद्धि हुने रहेकाे छ।

अनुमतिपत्रप्राप्त संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नु पर्दछ भनिएकाे छ। यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ ।