चुनावी पराजयपछि राजीनामा दिने जापानी प्रधानमन्त्रीको योजना-स्थानीय मिडिया

-



     सफल आवाज    
     श्रावण ७ गते २०८२ मा प्रकाशित



टोकियो, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्नुहुने बुधबार रिपोर्टहरूले जनाएका छन् । प्रधानमन्त्री शिगेरु इशिबाको पछिल्लो चुनावी पराजयले उgको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ ।

रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका–जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय व्यक्त गरे।

आइतबारको माथिल्लो सदनको चुनाव इशिबाको केन्द्र–दक्षिणपन्थी लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का लागि विनाशकारी थियो । एलडिपीले सन् १९५५ देखि लगभग लगातार शासन गर्दै आएको छ ।

मुद्रास्फीतिबाट रिसाएका मतदाताहरूले अन्य पार्टीहरू विशेष गरी ‘जापानी फर्स्ट’ सान्सितो पार्टीलाई समर्थन गरेका छन् । सान्सितोको ‘विश्वव्यापीकरण विरोधी’ अभियानले अन्यत्रका लोकप्रिय आन्दोलनहरूको एजेन्डालाई प्रतिध्वनि गर्दछ ।

इशिबाले अगस्टको अन्त्यसम्ममा शीर्ष पद खाली गर्ने योजना बनाएको मैनिची दैनिकले जनाएको छ । योमियुरी अखबारले उनले जुलाईमा आफ्नो राजीनामा घोषणा गर्ने तर कहिले पद छोड्ने भन्ने विवरण दिएको छैन ।

यी र अन्य रिपोर्टहरूले माथिल्लो सदनको चुनावको नतिजापछि एलडिपीभित्र ६८ वर्षीय वृद्ध इशिबालाई प्रस्थान गर्ने आह्वान अझ चर्को भएको बताएका छन् ।