
काठमाडौं, ११ साउन । तेह्रथुम पावर कम्पनीले असार १६ गतेदेखि निष्काशन खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।
कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे ।
यसका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। हकप्रदमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्।
शेयरधनीहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै सेबाेनबाट इजाजत लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने भएकाे छ।
कम्पनीका अनुसार हकप्रद निष्काशनबाट संकलन भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानीमा प्रयोग गरिनेछ ।
कम्पनीको माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक गरी तीन बैंकमा ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ४ पैसा ऋण छ। हकप्रदबाट संकलन भएको रकमबाट १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंकमा भुक्तानी गरिने भएकाे छ । नबिल बैंक र ग्लोबल आइएमई बैंकमा १२–१२ करोड भुक्तानी गरिने भएकाे छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




