कालिका लघुवित्तकाे खुद नाफामा ३६.४२ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     श्रावण १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ साउन । कालिका लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा ३६.४२ प्रतिशत बढेको छ । संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे ।

संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको हाे।

अघिल्लो आर्थिक वर्षको मसान्तसम्ममा रुपैयाँ ७ करोड ९२ लाख खुद नाफा कमाएको थियाे । गत आर्थिक वर्षको अन्त्यसम्ममा भने रुपैयाँ १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।

खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेकाे छ । अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशत बढेको जनाइएकाे छ। कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशतले र सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा रुपैयाँ ६ करोड १९ रहेकाे छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर २६ रुपैयाँ ५१ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ३९.९६ गुणा रहेको छ । नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा छ।

संस्थाकाे चुक्ता पूँजी रुपैयाँ ४० करोड ७६ लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ ३५ करोड २४ लाख रहेकाे छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा रुपैयाँ १ अर्ब ६४ करोड ६९ लाख निक्षेप संकलन गरेकाे देखिएकाे छ । सापटीबाट रुपैयाँ ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जामा लगानी गरिएकाे छ।