दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ साउन । दरमखोला हाइड्रो इनर्जीले साउन १५ गतेदेखि बिक्रीमा ल्याएकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेफछि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे ।

कम्पनीका अनुसार जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति लिएकाे थियो।

यसमा १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि रहेकाे छ । २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ। कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता बाँडफाँट भइसकेकाे छ।

यसपटक कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यमा २४ लाख २३ हजार १८५ कित्ता शेयर खुलाएकाे हाे ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा पूरा आवेदन नपरेमा साउन २९ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले साेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।