
काठमाडौं, २० साउन । एशियन लाइफ इन्स्योरेन्सकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गरेकाे थियाे ।
इन्स्योरेन्सले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ४.२ कित्ताकाे रेसियाेमा हकप्रद शेयर खुलाएकाे हाे । जस अनुसार १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएकाे हाे ।
हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि १६ गते बुकक्लोज गरिएकाे थियो। यसमा जेठ १४ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्।
शेयरमा लगानीका लागि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै सेबाेनबाट अनुमति पाएका सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीकाे चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछी चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ हुनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




