समता घरेलु लघुवित्तकाे नाफा र प्रतिशेयर आम्दानी बढ्याे

-



     सफल आवाज    
     श्रावण २२ गते २०८२ मा प्रकाशित



काठमाडौं, २२ साउन । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे नाफामा सुधार भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण अनुसार लघुवित्तको २४०.९१ प्रतिशतले बढेकाे छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा बढेको छ।

अघिल्लो आर्थिक वर्षमा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको हाे । नाफा बढेपछि प्रतिशेयर आम्दानी पनि बढेको जनाइएकाे छ। खुद नाफा २४०.९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँ भएकाे छ।

खुद ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी पनि ११२.३६ प्रतिशतले बढेको छ। कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा २३७.९४ प्रतिशतले बढ्दा इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँ कायम भएकाे छ।

संस्थाकाे चुक्ता पूँजी ६२ करोड ९० लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ रहेकाे छ। प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा छ । जसकाे मूल्य आम्दानी रेसियाे ७० गुणा छ। लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जामा लगानी गरेको जनाइएकाे छ।