
जेरुसेलम, २३ साउन । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो ।
इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको नेतान्याहूले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका थिए ।
गाजा क्षेत्रमा सुरक्षा कायम राखी यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको जनाउदै सेनाले गाजबासीहरूको आवश्यकता र सहजता र बमोजिम कार्य गर्ने नेतान्याहुले बताए।
यसैबीच, जवाफमा हमासले विज्ञप्ति जारी गर्दै यसले नेतान्याहुको भनाइलाई ‘वार्ता र युद्धविरामको लागि नभई’ हमासको फिर्तीको उद्देश्यलाई प्राथमिकतामा राखेको देखिएको जनाएको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार कम्तिमा नौ हजार ७५२ प्यालेस्टिनीहरू मारिएको र ४० हजार घाइते भएको जनाएका छन् । इजरायलले गत मार्च १८ देखि गाजामा पुनः आक्रमण गरी रहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




