
काठमाडौं, २७ साउन । नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ कराेड रुपैयाँ नाफा कमाएकाे छ । बैंकको सार्वजनिक भएकाे गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा कमान सफल भएकाे हाे ।
बैंककाे अघिल्लो आर्थिक वर्षकाे नाफा ६ अर्ब १९ करोड थियाे। गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएकाे याे नाफा १५.०१ प्रतिशतले बढी हाे ।
बैंककाे खुद ब्याज आम्दानी सामान्य बढेकाे छ । इम्पेरमेन्ट चार्ज घटेकाेले खुद नाफा बढ्नमा सघाउ पुगेको हो। खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले, कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशतले र सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँ रहेकाे छ ।
बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रहेकाे छ । जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ छ। गत असारसम्म ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जामा लगानी रहेकाे छ । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




