झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ साउन । झापा इनर्जीले साउन १४ गतेदेखि बिक्रीमा ल्याएकाे आईपीओमा आवेदन दिन आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीका अनुसार जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशतले ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्य रहेकाे ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर निष्काशन गरिएकाे हाे ।

स्थानियका लागि छुट्याइएको कुल शेयरबाट १ लाख ९० हजार ९५ कित्ता झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल तथा आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा रहेकाे छ । साथै बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि रहेकाे छ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका जनताले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिसम्म पूरा आवेदन नपरेमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटाेमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन पउनेछन्।

स्थानियले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन पाउनेछन्।वैदेशिक रोजगारीमा रहेकाहरुले सबाेनबाट स्वीकृति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।