दोहोरो अंकले घट्यो शेयर बजार

-



     सफल आवाज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ साउन । शेयर बजार अाज बुधवार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.५० अंकले घटेर २,७९० बिन्दुमा कायम भएको हाे ।

शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ अर्ब १६ करोडको कारोबार भएको छ । दोहोरो अंकले घटेको शेयर बजारमा मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी, १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.४८ प्रतिशतका दरले गुमाएका हुन् ।