माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ साउन । माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर साे शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले १८ लाख ९० हजार ५३० कित्ता निष्काशनकाे अनुमति पाएको थियो। ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि हाे । त्यसबाट १० प्रतिशतले हुने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ।

याे दाेश्राे चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर खुलाइएकाे हाे । जसबाट ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरुका लागि रहेकाे छ । ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ। अब सर्वसाधारणले १२ लाख ४८ हजार ९०४ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि साउन २९ गतेसम्म बिहिबारसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा पूरा आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।