
काठमाडौं, २९ साउन । सानिमा मिडिल तमोर हाइड्रोपावरकाे विद्युत बिक्री आम्दानी बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट करिब २ अर्ब आम्दानी गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको हाे। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ४५९.८० प्रतिशतले बढी हो। अघिल्लो वर्षमा साे आम्दानी ३५ करोड २४ लाख थियो।
कम्पनीकाे विद्युत बिक्री आम्दानी बढेपछि खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख पुगेको छ। प्रतिशेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा भएकाे छ।
सानिमा मिडिल तमोर हाइड्रोपावरकाे चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेकाे छ । रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ छ। प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा रहेकाे छ भने मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




